अन्नपूर्ण अध्यक्ष कपमा क्वाटरफाइनल समिकरण पूरा

पाेखरा | मंसिर २६, २०८१

अन्नपूर्ण अध्यक्ष कपमा क्वाटरफाइनल समिकरण पूरा

पोखराः   पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणको खेल सकिएको छ । 

कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज  लिगचरणको खेल सकिएसँगै क्वाटरफाइनरको समिकरण पुरा भएको अध्यक्ष कृपाश्वर गुरुङले जानकारी दिए । 


आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । 


यस्तै दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित ग¥यो । 


यस्तै तेस्रो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)ले पोखरा महानगरपालिकालाई ५८–५४ ले पराजित ग¥यो । 


चौथो खेलमा खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले लमजुङको बेशींशहर नगरपालिकालाई ६०–३० ले पराजित ग¥यो । 


पाँचौ खेलमा पर्वतको जलजला गाउँपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५४–४६ ले पराजित ग¥यो । 


आज भएको अन्तिम खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)लाई ४४–३६ ले पराजित ग¥यो । 


भोलि (बिहीबार) पहिलो क्वाटरफाइनलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) र म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल पर्वतको मोदी गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 


यस्तै तेस्रो खेल बेनी नगरपालिका र रघुगंगा गाउँपालिका (ह्वाइट)बीच हुनेछ । यस्तै चौथो क्वाटरफाइनल खेल पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)बीच हुनेछ । 


लिक कम नकआउटको आधारमा भइरहेको  गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । 


विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्